सुजिता हमाल

चितवन, ६ असोज । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेट (प्रमुख)मा वरिष्ठ हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ प्रा.डा.कृष्ण प्रसाद पौडेल नियुक्ति हुनु भएको छ । डा .पौडेललाई उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रालयको बैठकबाट मेडिकल सुपरिटेन्डेटमा नियुक्त गर्नुभएको हो ।

चितवन रत्ननगर बकुलहर निवासी डा.पौडेल २०५६ सालमा नेपाल सरकारको छात्रवृत्तिमा एम.बि.बि.एस उत्तिर्णगर्नुभएको थियो । उहाँ २०५८ देखि २०६० साल सम्म पर्वत जिल्ला अस्पतालको प्रमुख र २०६३ सालमा उहाँ वीर अस्पतालबाट हाड जोर्नी विशेषज्ञको रुपमा स्थापित हुनुभएको थियो ।डा.पौडेल २०६६ सालमा सिंगापुर, जापान र भारतबाट मेरुदण्ड सम्बन्धी फेलोसीपमा उत्कृष्ट स्थान हासील गर्नुभएको थियो ।सँगै भरतपुर अस्पतालमा हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञको रुपमा कार्यभार समाल्नु भएका डा.पौडेलले नै भरतपुर अस्पतालमा रोटरी क्ल्बको सहयोगमा स्पाईजर (इन्जुरी) केन्द्र समेत स्थापना गर्नुभएको थियो ।त्यस लगत्तै उहाँले पूर्वी चितवनको रत्ननगर अस्पतालमा मेडिकल सुरपरिटेन्डेटको रुपमा उत्कृष्ण कार्य सम्पादन गरेकोमा विभिन्न संघसंस्थाबाट सम्मानित हुनु भएको थियो । यस अघि उहाँ चिकित्सक संघ चितवनको अध्यक्ष समेत हुनुभएको थियो ।साहित्यमा समेत रुचि राख्ने डा. पौडेलले साहित्यको विभिन्न क्षेत्रमा समेत कलम चलाउनुभएको छ ।डा.पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेट नियुक्ति भए सँगै यसअघि काज सरुवा भई भरतपुर आएका मेसु डा.रविन खड्का पुनःसुर्खेत मध्यपश्चिमाञ्चल अस्पलालमै सुरुवा हुनुभएको छ ।

नव नियुक्त मेसु डा.पौडेलले आफुले अस्पताललाई चुस्त, दुरुस्त बनाउने बताउदै मुलुककै नमुना अस्पताल बनाउने बताउनुभएको छ ।

Facebook Comments Box