काठमाडौं ६ असोज ।आज सामाजिक सेवा दिवस, देशभरी विभिन्न कार्यक्रम गरी मनाईदै छ । नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद्ले समाज सेवा दिवस मनाउन थालेको हो । परिषद्लेसमाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको छ । सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी र अन्य संस्थाहरुसँगै राष्ट्रपती विद्यादेवी भण्डारीको उपस्थितीमा आज दिवस मनाउने तयारी गरेको छ ।

Facebook Comments Box