असोज ५ गते । रत्ननगर नगरपालिका वडा नम्वर ५ मा श्रमबाट मुक्त गरिएका तीन जना वालकहरुलाई साईकल प्रदान गरिएको छ । वडाध्यक्ष कृष्ण महतोले आफ्नो सुविधा कटाई तीन जना वालकहरुलाई एक एक थान साईकल प्रदान गरेका हुन् । श्रममा होमिएका आयुस महतो,सिमान्त महतो र कृष्ण महतोलाई केही दिन अघि मात्रै श्रममुक्त गरिएको थियो । शुक्रवार आयोजित रत्ननगर ५ लाई वालमैत्री वडा घोषणा कार्यक्रममा उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डे,वडाध्यक्ष कृष्ण महतोले साईकल हस्तान्तरण गरे । साथै वडाध्यक्ष महतोले तीन जना विद्यार्थीको अभिभाकत्व समेत ग्रहण गरेका छन् । ति विद्यार्थीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले एक वर्षका लागि स्टेशनरी र पोशाक प्रदान गरेको छ ।

Facebook Comments Box