रत्ननगर ४ असोज । आत्मनिर्भर बनाउन सौराहा र यस आसपासका महिलाहरुलाई गुडिया बनाउने तालिम दिइएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौली अन्तर्गत रहेको सामुदायिक सीप केन्द्र सौराहाले आयोजना गरेको तीन महिने सो तालिममा ९३ जना महिलाको सहभागिता रहेको थियो । तालिममा वालकुमारी चौधरी र पुनम चौधरीले गुडिया बनाउन सिकाएको केन्द्रका संयोजक दुर्गा प्रसाद घिमिरेले जानकारी दिए । समापन कार्यक्रममा मेयर नारायण वन,मृगमुञ्जका अध्यक्ष बासु ढुंगाना लगायतले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,निकुञ्जका पूर्वी सेक्टर प्रतिनिधि विष्णु लामिछाने,केन्द्रकी सदस्य जयन्ती रिजाल लगायतले मन्तव्य राखेका थिए । केन्द्रका संयोजक दुर्गाप्रसाद घिमिरेको अध्यक्षतमा भएकोे सो कार्यक्रम सचिव विन्दा कार्कीले सञ्चालन गरेकी थिइन ।

 

Facebook Comments Box