काठमाडौँ १ असोज । संघीय समाजवादी फोरम नेपालले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनका रुपमा नमनाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन सबै पार्टीपंक्तिलाई निर्देशन दिएको हो ।

अधिकार प्राप्त गर्न पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको भन्दै फोरमले कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुन र यसबारे अन्य कुनै भ्रममा नरहन समेत आग्रह समेत गरेको छ ।

मधेस आन्दोलनमा सहभागी भएको राजपाले असोज ३ गते विरोधका कार्यक्रम गर्ने तयारी गरे पनि फोरमले भने सरकार र पार्टीबिच संविधान संशोधन गर्ने समझदारी गरेकाले कालो दिनका रुपमा मनाउन आवश्यक नरहेको उपमहासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ

Facebook Comments Box