रत्ननगर १ असोज / रत्ननगर टाँडीमा रहेको सनराईज बैंक टाँडी शाखाले आज सोमबार खैरहनी १३ हर्नरीमा रहेको दिब्य ज्योती आधारभुत बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ ।

बंैकले आफ्नो ११ औं बार्षिकोत्सबको अवसरमा शैक्षिक सामाग्री बितरण गरेको हो । विद्यालयका १५ जना बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको खैरहनी १३ का वडा सदस्य जिवन कार्कीले जानकारीदिनुभयो ।सनराईज बंैकका टाँडी शाखा प्रबन्धक केदार गौतमको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम बहादुर बोगटीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

विगतको बर्षमा जस्तै यो बर्ष पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर शैक्षिक सामाग्री वितरण गरिएको बैंकका कर्जा शाखा प्रमुख माधव खतिवडाले बताउनुभयो ।

शिक्षक बुद्धि प्रसाद दुवाडीले सन्चालन गर्नुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box