रत्ननगर, ३० भदौ । रत्ननगर नगरपालिकाको समग्र विकासको लागि सहकारीको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम शनिवार गरिएको छ । रत्ननगर २ मा रहेको कामना बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो कार्यक्रममा सहकारीले प्रदान गर्ने सेवाको विविधिकरणको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले सहकारीले किसानलाई मल,वीउविजन,कम्पोष्ट मल र स्वरोजगारको लागि सीपमुलक कार्यक्रम सञ्चालन गर्न नगरपालिकासंग सहकार्य गर्न चाहेको बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले कृषिले स्वरोजगार सृजना गर्न सक्ने गरी काम गर्ने योजनाका साथ सहकारीसंग सहकार्य गर्न सकिने बताइन । मेयर नारायण वनले परिणाममुखी योजना सहित सहकारीले प्रस्ताव गरे नगरपालिका सहकार्य गरेर अगाडी बढन तयार रहेको बताए । कार्यक्रममा प्रदेश नं ३ का कृषि,भूमि तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख इमलाल कँडेलले सहकारी पैसा किन्ने र बेच्ने कामबाट माथी उठनु पर्ने उनको भनाइ छ ।

संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं २ का वडाध्यक्ष तीलकराज शर्मा,वडा नं ३ का वडाध्यक्ष गोविन्द भट्टराई,संस्थाका संस्थापक अध्यक्ष गुरुप्रसाद अधिकारी,फोहोर व्यवस्थापन विशेषज्ञ निसाज मल्ल,रत्ननगर उवासंघका कार्यसमिति सदस्य शिवलाल श्रेष्ठ,संस्थाका उपाध्यक्ष प्रेमकुमार चौधरी,कोषाध्यक्ष टेकनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box