रत्ननगर ३० भर्दौ । रत्ननगर १० मा रहेको शुभ प्रभात टोल विकास संस्थाले आज टोलमा सरसफाई गरेको छ ।
विश्व सरसफाई दिवसको अवसरमा टोलमा सरसफाई गरिएको हो ।
टोलमा रहेका रुखका हाँगा,झाडी,प्लाष्टिक टिपेर फोहोर संकलन गरि व्यवस्थापन गरेका थिए ।
टोलमा अध्यक्ष बिष्णु पुरीको अध्यक्षतामा भएको सो कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १० का अध्यक्ष ज्ञानेन्द्रराज पाण्डे,टोलका उपाध्यक्ष निर्मला ढकाल,सचिव पवित्रा पौडेल लगायत टोलका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box