काठमाडौ २९ भदौ । आज भदौ २९ गते राष्ट्रिय बाल दिवस । यो दिवस मुलुकभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको हुदैछ । “सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । करिव एक घण्टा औपचारिक कार्यक्रम हुनुका साथै कार्यक्रममा बालप्रतिभा प्रस्तुति २ घण्टा चल्ने र विविध सांस्कृतिक कार्यक्रम पनि तय भएको मुल आयोजक समितिले जनाएको छ । यस्तै कार्यक्रम परिसरमा निःशुल्क बालस्वास्थ्य परीक्षण लगायत बालअधिकार सम्बन्धी सचेतना सामाग्री प्रर्दशनी, वितरण पनि गरिने न्द्रीय बाल कल्याण समितिले जनाएको छ । दिवसकै अवसरमा हिजो साँझ ५ बजे सिनामंगल स्थित बाल स्मृति स्तम्भमा द्वन्द्व लगायत भूकम्प, बाढीपहिरो, डुबान तथा अन्य विपद्मा परी जीवन गुमाएका बालबालिकाको सम्झनामा महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री थममाया थापाको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।

Facebook Comments Box