सुजिता हमाल

चितवन, २७ भदौँ । रेडियो अर्पणको खुल्ला तीज गीत प्रतियोगितामा शान्ति मार्ग टोल विकास संस्था भरतपुर गौरीगंज प्रथम भएको छ ।
अरुण संचार सहकारी संस्था लि.द्धारा संचालित रत्ननगर १ बकुलहरमा रहेको रेडियो अर्पणको आयोजनामा भएको एक्सपर्ट अर्पण तीज उत्सव कार्यक्रममा शान्ति मार्ग टोल विकास संस्था प्रथम भएको हो ।


त्यस्तैगरि चित्रवन आवासीय मा.वि.द्धितिय हुँदा शान्ति टोल समूह रत्ननगर १० तृतिय भएको छ भने युथ गल क्लव खैरहनीले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा आमा समुह, टोल विकास संस्था, विद्यार्थी गरी ११ वटा समुहको सहभागिता रहेको थियो ।


प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समुहले क्रमश २० हजार, १४ हजार ,८ हजार ,५ हजार पुरस्कार प्राप्त गरेका  थिए ।


उत्कृष्ट नृत्यमा शान्तिकुञ्ज सहकारी संस्थाले रु ३ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको निर्णायकमा प्रकाशमणी सापकोटा, राजेन्द्र हमाल, केपीकिरण शर्मा रहनुभएको थियो ।

प्रदेश नम्बर ३ की प्रदेश सांसद कञ्चन खनालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडी,

ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवाली, टाईटल स्पोन्सर, एक्स्पर्ट एजुकेशनका प्रमुख डिल्लीराम अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजु परियार, दुर्गा सापकोटा,सावित्रि जोशी,स्थानिय कलाकारहरु कृष्ण भट्टराई, अर्जुन सापकोटाकोले तीज गीतसँगै दोहोरी गीत गाएर दर्शक श्रोतालाई नचाएर मनोरञ्जन दिएका थिए ।

अर्पण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा रेडियोका सहसंयोजक यमन भुषालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम रेडियो अर्पणका संचालन समितिका संयोजक एवम कार्यक्रम संयोजक मेघनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box