चितवन २६ भदौ । हिन्दु महिलाहरुको महान चाड हरितालिकाको अघिल्लो दिन आज दर खाईदैछ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने चलन छ ।
मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी, भगवान शिवको पुजा आराधाना तथा नाचगान गर्ने गर्छन् । मुलुकभरका शिव मन्दिरमा भोलि बिहानैदेखि व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ ।
सत्ययुगमा देवी पार्वतीले शिवजीलाई पतिको रुपमा पाउँ भनी निराहार ब्रत बसेको र उनको कामना पूरा भएको धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरुमा व्रत बस्ने परम्परा रहीआएको छ । तीजमा अविवाहित महिलाले योग्य पति तथा विवाहितहरूले पतिको सुस्वास्थ्य, दीर्घायु , प्रगति र परिवासमा सुख शान्तिको कामना गर्दै व्रत बस्ने चलन छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
यसै विच


रेडियो अर्पणले तीज उत्सव कार्यक्रम गर्ने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीजको दिन भदौ २७ गते भोलि तीज उत्सव आयोजना गर्न लागेको रेडियो अर्पणका संयोजक मेघनाथ पौडेलले जानकारीदिनुभयो ।
रेडियो अर्पणको प्राङगढमा विहान १० बजेदेखि सुरु हुने तीज उत्सवमा विभिन्न आमा समूह,टोल विकास संस्थाका समुहबीच खुल्ला तीज गित प्रतिस्पर्धा हुने संयोजक पौडेलले बताउनुभयो ।
बिजेता हुनेहरुलाई सोहीदिन पुरस्कार प्रदान गरिने छ ।साथै कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजु परियार,दुर्गा सापकोटा,सावित्रि जोशी,स्थानिय कलाकारहरु कृष्ण भट्टराई, अर्जुन सापकोटा लगायतको प्रस्तुती रहने छ ।

Facebook Comments Box