चितवन , १८ भदौ । चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौर एकपछि अर्को गर्दै एक्सनमा उत्रिएका छन् । कल बाईपास, मृगौला तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासि गर्न सफल देखिएका छन् । सोही अभियान अन्र्तगत     उनले चितवनान ठूलो परिमाण्मा भन्सार छली ल्याएका लाखौं मूल्य बराबरको कपडा सहित एक ट्रकलाई चितवनमा पक्राउ गर्न सफल भएका छन् ।

चितवन प्रहरीको एक टोलीले वीरगञ्जबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना.३.ख.४३५९ नम्वरको ट्रक सहित भन्सार छलेका र न्यून विजीकरण गरी ल्याइएका लाखौं मुल्य बराबरको कपडाहरु सहित चालकलाई भरतपुरको गोन्द्राङ्गबाट आइतबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरले दिएको जानकारी अनुसार १२ लाख ९८ हजारको न्यून बिजीकरणमा देखिएको उक्त कपडाको मात्रा हेर्दा र त्यसको बजार मुल्यलाई हेर्दा त्यसको १० गुणा हुन आउने बताए ।

नियन्त्रणमा लिइएको उक्त ट्रकमा लोड गरिएको कपडाहरु राजधानीका विभिन्न पसलहरुको नाममा ल्याइएको फेला एसपी राठौरले जानकारी दिए। बरामद गरिएको ट्रकसहितका समान पुनः भन्सार चलान गर्ने तयारी गरेको छ । भन्सार छली सामान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ ।
विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको हो ।

साभार :सौराहा अनलाईन वाट

Facebook Comments Box