चितवन, भदौ १८ । भरतपुरबाट ५ वर्षकी छोरीसहति आमा बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका १० हाकिमचोकबाट धादिङको ज्वालामुखी गाउँपालिका ६ की २५ वर्षीया ज्योती सुवेदी तिमिल्सिना र उनकी छोरी ५ वर्षीया आर्जना तिमिल्सिना बेपत्ता भएकी हुन् ।

उनीहरुका आफन्तका अनुसार हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केका थिए । २०७० सालमा धादिङका नवराज तिमिल्सिनासँग विवाह भएकी उनी लोकसेवाको परीक्षाको तयारीका लागि र छोरीको पढाइको लागि भरतपुर निस्केको उनका आफन्तले जनाएका छन् । उनका दाई नगेन्द्र सुबेदीका अनुसार उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएकी थिइन् ।

साभार :सौराहा अनलाईन वाट

Facebook Comments Box