वान्टेड–२’ मा पनि सलमान खानको जलवा

बैशाख २९ । बलिउड अभिनेता सलमान खानको करिअरमा ‘वान्टेड’ ले बिग्रँदै गएको करिअर सम्हालिदिएको थियो । तर फिल्म रिलिज भएपछि यो विवादमा तानिएको थियो । भारतको मेरठस्थित एउटा अदालतमा चलचित्रको निर्माता बोनी कपुर, उनकी श्रीमती श्रीदेवी र चलचित्रकर्मी प्रभुदेवा सलमानलाई समेत कपिराइटको मामिलामा मुद्दा हालियो । उनीहरु विरुद्ध पिटीशनर वीरबलसिंह रानाले बोनी कपुरको प्रोडक्सन विरुद्ध मुद्दा हालेका थिए ।
सात वर्ष पछि त्यो मुद्दाको फैसला भयो र मुद्दा पनि बोनी कपुरले जिते । मुद्दा जितेसँगै बोनीले नया खुलासा पनि गरेका छन् । मुम्बई मिररसँग कुराकानी गर्दै उनले एकसाथ १६ फिल्मको कपिराइट खरिद गरेको बताए ।
बोनीले प्रभुदेवासँग मात्र नभएर चलचित्रका वास्तविक रचनाकार र निर्माता पोकरीसँग चलचित्रको अधिकार खरिद गरेका थिए । बोनीले भने, “कसैले मेरो विरुद्ध केस फाइल गरेको छ भन्दा मलाई निकै धक्का पनि लाग्यो, यति मात्र होइन ती मान्छेले हामीलाई ब्लाकमेल गर्न पनि सुरु गरेका थिए । तर हामीले मुद्दा जित्यौँ, खुसी लागेको छ ।”
‘वान्टेड २’ को लागि स्क्रिप्ट खोजिरहेको बताउँदै बोनीले ‘वान्टेड २’ सलमान खान बिना अधुरो हुने बताए । ‘वान्टेड’ मा सलमान खानको साथमा आइशा टाकिया पनि थिइन् । सलमानका पिता बनेका विनोद खन्नालाई पनि दर्शकले मन पराएको थिए । सलमान खानको चलचित्रको भूमिकाले अत्यधिक प्रशंसा पाएको थियो । यो चलचित्र सलमान खानको सम्झन लायक चलचित्रमा पर्छ ।
चलचित्रको पात्र राधेले बक्स अफिसमा तहल्का मच्चाएको थियो । आगामी ‘वान्टेड २’ मा सलमान खान राधेको भूमिकाका लागि तयार हुन्छन् या हुन्नन्, यो समयले बताउने कुरो हो ।

तपाईको प्रतिक्रिया दिनुहोस