चितवन १७ भदौ । चितवन रराईट् एण्ड एसोसियट नारायणगढले यात्रा ग्रुप भरतपुरलाई खेल सामाग्री सहयोग गरेको छ । राईट् एण्ड एसोसियटकोे कार्यालयमा आईतबार एक कार्यक्रमका बिच यात्रा ग्रुपलाई १५ थान जर्सी र फुटबल सहयोग गरेको हो । उक्त खेल सामाग्री राईट् एण्ड एसोसियटका चितवन प्रमुख देवेन्द्र रेग्मीले यात्रा ग्रुपका अध्यक्ष्य कृष्ण कार्कीलाई हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै राईट् एण्ड एसोसियट चितवनका प्रमुख रेग्मीले यसरी खेलकुदको क्षेत्रमा सहयोग गर्न पाउदा खुसी व्यक्त गर्नुभयो । राईट् एण्ड एसोसियट एक व्यवसायिक संस्था भएपनि व्यवसायमा मात्र केन्द्रित नभई आगामी दिनमा पनि यसैगरी खेलकुदका क्षेत्रमा सहयोग गर्न तयार रहेको रेग्मीले बताउनु भएको छ । खेलकुद नै राष्ट्रलाई अन्र्तराष्ट्रिय स्तरमासम्म चिनाउने माध्यम भएकाले यस क्षेत्रको विकासका लागि सबैले सहयोग गर्नुपर्नेमा रेग्मीले जोड दिनुभएको छ । यात्रा ग्रुप भरतपुरका अध्यक्ष कृष्ण कार्कीले सहयोगका लागिराईट् एण्ड एसोसियटलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ते सहयोगको अपेक्षा रहेको बताउनुभयो । यस किसिमको सहयोगले खेलाडीहरुलाई अझ उर्जा मिल्ने कार्कीले बताउनुभयो ।

Facebook Comments Box