चितवन १७ भदौ । रेडियो भरतपुर १०५.२ मेगाहर्जले संचालन गरिरहेको व्यञ्जन रमाइलो तीज–२०७५ कार्यक्रम रेडियो भरतपुर र भरतपुर वडा नं १३ को संयुक्त आयोजनामा आज भरतपुर महानगरपालिका वडा नं १३ मा सम्पन्न भएको छ । उज्वल चोकमा सम्पन्न कार्यक्रममा २८ वटा समूहहरु प्रतिस्पर्धामा रहेका थिए । बाक्लो उपस्थिती रहेको प्रतियोगितात्मक कार्यक्रममा सहभागी समूहहरुले लैङ्गिक विभेद,महिला हिंसा, बलात्कारका विरुद्ध एवं महिला अधिकारको विषयमा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नमूना टोल विकास संस्था प्रथम,परिवर्तन टोल विकास संस्था द्धितीय, ढिकीचोक टोल विकास संस्था तृतीय तथा नवदुर्गा टोल विकास संस्था,समन्वय टोल विकास संस्था र ॐ शिवालय टोल विकास संस्थाले सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रममा प्रथम, द्धितीय , तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने समूहले क्रमशः रु. १० हजार, रु.५ हजार,रु.३ हजार र रु. १ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका छन् भने कार्यक्रममा प्रथम हुन सफल नमूना टोल विकास संस्था २०७५ भाद्र २७ गते हरितालिका तीजका दिन जिल्ला प्रहरी कार्यालय अगाडी रहेको गेष्ट हाउस चौरमा हुने महानगर स्तरीय अन्तिम प्रतियोगितामा सहभागी हुन पाउनेछ ।
कार्यक्रममा वडा नं १३ का वडा अध्यक्ष प्रकाश दवाडी प्रमुख अतिथी रहनु भएको थियो । महिला अधिकारका सन्दर्भमा कार्यक्रम निकै महत्वपूर्ण भएको अध्यक्ष दवाडीले बताउनुभयो । वडाले महिला सचेतना लगायतका कार्यक्रमहरु गरिरहेको र आगामी दिनमा महिला लक्षित कार्यक्रमहरु संचालन गरिने उहाँले बताउनुभयो ।
रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम वडा सदस्य तथा वडाको तर्फबाट कार्यक्रम संयोजक रहनुभएकी कुमारीमायाँ ल्होको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा नेपाल लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष अम्मर विरही गूरुङ्ग निर्णायक संयोजक रहनुभएको छ भने अन्य निर्णायकमा लोकदोहोरी प्रतिष्ठान चितवनका पूर्व अध्यक्ष विजय गुरुङ्ग र लोक दोहोरी गायिक सरिता श्रेष्ठ रहनुभएको छ ।
भरतपुर महानगरपालिका, माइती नेपाल, चेली नेपाल प्रर्बद्धक रहेको व्यञ्जन रमाइलो तीज –२०७५ मा व्यञ्जन तेल मुख्य प्रायोजक रहेको छ भने द नेक्स्ट एजुकेशन कन्सलटेन्सी, नारायाणी बराह ज्वेलरी प्रायोजक रहेका छन् । कार्यक्रमको सहयोगी संस्थाहरुमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ्ग प्रा.लि, देव विकास बैंक, मोटिफ व्यूटी एकेडेमी,अभियान मोटर्स, अर्घाखाँची सिमेन्ट रहेका छन् । प्रोफेशनल मिडिया अफिसियल मिडिया रहेको कार्यक्रममा अभियान टेलिभिजन अफिसियल टेलिभिजन तथा नारायणी अनलाइन अफिसियल अनलाइन रहेका छन् ।
कार्यक्रम हिजो भरतपुर महानगरपालिका १२ र १८ नम्बर वडामा सम्पन्न भएको थियो भने भोली भरतपुर महानगरपालिका ८ मा हुनेछ ।

Facebook Comments Box