काठमाडौं १७ भदौ । अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज विहान ८ बजे पछि मात्रै खुल्ने भएको छ । गए राति नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको जेट विमान धावमार्गमा चिप्लिए पछि विमानस्थल अवरुद्ध भएको थियो ।

धावनमार्गमा चिप्लिएको विमान हटाउने प्रयास भइरहेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल गएराती ८ बजेदेखि बन्द छ । विमानका सबै यात्रु सकुशल रहेका छन् ।

Facebook Comments Box