रत्ननगर,२८,बैशाख ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठवन्धनले काग्रेसको अवस्था एक जवान युवतिलाई बच्चा संग बिहे गराएको जस्तै भएको आरोप लगाउनुभयो ।
रत्ननगरमा आयोजित सभालाई संवोधन गर्दै ओलीले रत्ननगरका मेयर र उपमेयर,वडा अध्यक्ष लगाएत सदस्य पदका उमेद्धवारले देश,जनता र यस क्षेत्रको विकासका निमित्त कार्यगर्ने बताउनुभयो ।
उहाले यस ठाउँको बिकासकालागी नेकपा एमालेले जिम्मा लिनेगरी उमेद्धवार बनाएको बताउनुभयो । भरतपुरमा भने नेपाली कग्रेसले आफनो उमेद्धवारको जिम्मा लिनै नसक्ने बताउनुभयो । नाकाबन्दिको समयमा नेकपा एमालेले सिर नझुकाएको अवस्थामा स्थानीय तहको चुनावमा पनि शिर नभुक्ने ओलीले बताउनुभयो ।
सभामा एमाले महासचिव इश्वर पोखरेल, स्थायी समितिका सदस्य सुरेन्द्र पाण्डे, रत्ननगर नगरपालिका एमाले उम्मेदवार नारायण वन, उपमेयरको उम्मेदवार विमल दुवाडी लगाएतले बोलेका थिए । एमाले अध्यक्ष ओली आजै भरतपुर महानगरपालिका, खैरहनी, राप्ती र रत्ननगरमा भएको जनसभामा सहाभागी हुनुभएको थियो ।

Facebook Comments Box