चितवन, ३१ साउन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको झण्डै ३ घण्टापछि सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।
यतिवेला पहिरो हटाउने काम सकिएपछि दुईतर्फी रुपमा सडक सञ्चालनमा आएको हो ।
बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको थियो । यो सडकमा स्तरउन्नतीको काम सकिएपछि पहिरोको कारण यहाँ यात्रुहरु सास्ती खप्दै आएको छन् ।

Facebook Comments Box