काठमाडौँ १८ श्रावण । सांसद निरुदेवी पालमाथि भएको घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले काठमाडौँका विभिन्न ठाउँबाट ६५ जना भन्दा बढीलाई नियन्त्रणमा लिएको जनाईएको छ ।
एसएसपी विश्वराज पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनामा संलग्नको खोजीका लागि काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका उनीहरुलाई महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी पोखरेलले बताएका छन् ।
साउन १५ गते बेलुका ८ बजे नेपाल कम्युनिस्ट पार्टीकी सांसद निरु पाललाई बानेश्वरमै अज्ञात हतियारधारी समूहले कञ्चटमा पेस्तोल तेर्स्याएर धम्क्याइएको आरोप सांसद पालले लगाउँदै आएकी छन् ।
बिहिबार बसेको संसद बैठकमा सांसदहरुले पालमाथि भएको घटना दुःखद भएको भन्दै आक्रमणकारीलाई कानुनी कठघरामा ल्याउन र सांसदहरुको सुरक्षाको माग समेत गरेका थिय ।

Facebook Comments Box