चितवन, १५ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले थारुहरुको मुद्दालाई विभेद गरेको आरोप लागेको छ ।
स्थानिय सरकारका रुपमा रत्ननगर रहे पनि थारु समुदायको हकहितका लागि नगरपालिकाले सधै वेवास्ता गरेको थारु कल्याणकारिणी सभा रत्ननगरलेबताएको छ ।
पटक–पटक थारुहरुको मुद्दा लिएर स्थानिय निकाय नगरपालिका जादा आफनो माग मुद्दा सम्वोधन नभएको आरोप सभाको वैठकपछि निकालिएको विज्ञप्तीमा उल्लेख छ ।
। साथै नगरपालिकाले विभेदकारी नीति गरेको समेत सभाको वैठकले निष्कर्ष निकालेको छ ।
सभाको विशेष छलफल कार्यक्रममा सहभागिहरुले थारुहरु प्रति नगरपालिकाले हेर्ने दृष्टी गलत भएको उनीहरुले आरोप लगाए ।
सो अवसरमा कार्यक्रमका प्रमुख आतिथि समेत रहेका थारु कल्याणकारिणी सभाका चितवनका सभापति ललितकुमार चौधरीले तत्काल नगरपालिकाले थारुहरुको मुद्दामा उचित सम्बोधन नगरे कडा थारु आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय पार्षद लक्ष्मी चौधरी, थारु कल्याणकारिणी सभा कोषध्यक्ष सविता चौधरी, लगायतले थारुहरुको माग मुद्दाहरुको बारेका प्रकाश पार्नु भएको कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ८ का अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments Box