काठमाडौ १४ श्रावण । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्ने प्रक्रिया थालेको छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ। २०६९ सालमा करिब १ करोड ५० लाख रुपैयाँमा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको खबर समाचार पत्र दैनिकमा छ। समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो। सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भने।
यो सामाग्री thahakhabar.comवाट साभार गरेका हौ पुरा समाचार हेर्न यहाँ थिच्नु होस्

Facebook Comments Box