काठमाडौं । सामाजिक सञ्जालमा डा. उपेन्द्र देवकोटाको निधन भएको भनी आएका खबर झुटो भएको उनी उपचाररत बाँसवारीस्थित न्यूरो अस्पतालले जनाएको छ।

शुक्रबार रातीदेखि अचानक देवकोटाको निधनबारे फैलिएको अफवाहबारे डिसी नेपालसँग कुरा गर्दै अस्पताल प्रशासनका एक जना अधिकारी तथा डा. देवकोटाका आफन्तले भने, ‘उपेन्द्र डा. सावको बारेमा फैलिएको अफवाहले हामीहरु मर्माहत र आश्चर्यचकित भएका छौँ।’

डा. सावको उपचार भईरहेको छ तर सामाजिक सञ्जालमा एक्कासी यस्तो खबर भाईरल बनाउनु कहाँसम्मको अन्याय हो। जिउँदै मानिसलाई मृत भनेर खबर प्रचार गर्ने मानिसलाई कार्वाही गरियोस हामी त्यही चाहन्छौँ।

क्यान्सर रोगको पहिचान पछि बेलायतमा उपचार गरि केहि समयदेखि नेपालमै उपचार गराइरहेका देवकोटाको न्यूरो अस्पतालको सघन कक्षमा नियमित उपचार भइरहेको छ।

याे समाचार सामाग्री हामिले www.dcnepal.com वाट साभार गरेका हाै /

Facebook Comments Box