मकवानपुर, वैशाख १९ –
यहि वैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपा र नयाँ शक्ति नेपाल पार्टी्बिच तालमेल हुने भएको छ ।
उपमहागरपालिकोको मेयरमा राप्रपाका तर्फबाट मेयरमा मधु अधिकारी र उपमेयरमा नयाँ शक्तिका तर्फबाट उम्मेद्वारी दिने निश्चित भएको हो । नयाँ शक्तिले उपमेयरमा कसलाई उठाउने तय भएको छैन ।
तालमेलका विषयमा कुराकानी अन्तिम चरणमा पुगेको राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले बताउनुभयो । नयाँ शक्तिबाट उपमेयरमा कसलाई पठाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box