२०७५ जेठ  २०
काठमाडौं । सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा बढाएको मूल्य बृद्धि तत्काल फिर्ता लिन विद्यार्थी संगठनले माग गरेका छन् । नेपाल आयल निगमले मूल्य समायोजनको नाममा मूल्य बृद्धि गर्नु गलत भएको भन्दै विद्यार्थी संगठनले तत्काल फिर्ता नलिए संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।  उनीहरुले निगमको घाटा ब्यहोर्ने नाममा जनताको ढाड सेक्ने काम भएको भन्दै यसरी मूल्य बृद्धि गर्नु गलत रहेको बताएका छन् ।  निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य गएराती १२ बजेदेखि लागू हुने गरी बढाएपछि विद्यार्थी संगठन यसको विरोधमा उत्रिएका हुन् । अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कुनै आधिकारीकता नदेखाई समायोजनको नाममा गरेको मूल्य बृद्धि गलत भएको बताईन् ।

उनले भनिन्, ‘अन्तर्राष्टिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको कुनै आधिकारिता नदेखाइ बृद्धि गर्नु गलत हो । समायोजनको नाममा जनतालाई मार पार्नु हुन्न । लगातार भैरहेको मूल्य बृद्धि गलत छ, यो फिर्ता हुनुपर्छ ।’ तत्कालिन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले स्वचालित मूल्यको नाममा भएको मूल्य बृद्धि गलत भएको भन्दै फिर्ता लिन माग गरेका छन् ।  ’ नेविसंघका अध्यक्ष नैनसिंह महरले पनि पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि गलत रहेको भन्दै यसबारे केन्द्रिय समितिको बैठक बसेर देशव्यापी विरोधका कार्यक्रम ल्याउने बताए ।

Facebook Comments Box