आर्दश नारी विकास केन्द्धले आज भरतपूरमा बूहत सचेतना ¥याली निकालेको छ । केन्द्रको रजत जयन्तीको अवसरमा विहान भरतपूर गेष्ट हाउस चौर देखि नारायणी कला मन्दिरसम्म प्रभातफेरी निकालीएको हो । घरेलु हिंसा अन्त्य गरौ, महिला र पुरुष दुवैको समान अधिकारको सुनिश्ति गरौ भन्ने नाराका साथ निकालिएको ¥यालीमा संस्थाका पदाधिकारी, महिला अधिकारकर्मीहरुको सहभागीता रहेको छ । मावन वेचविखनमा परेका , घरेलु हिंसा लगायतका विभिन्न अमानविय क्रियाकलापमा परेका महिला तथा वालवालिकालाई उद्धार गर्ने उदेश्यका साथ वि.स. २०४९ सालमा यस केन्द्रको स्थापना भएको केन्दकी अध्यक्ष मिना खरेलले जानकारी दिनुभयो । महिला सम्वन्धी काम गर्ने २६ वटा संघ संस्थाको सहभागीता रहेको सो ¥यालीमा संस्थाको उद्धारमा परेका महिला तथा वालवालिकाले पनि भाग लिएका थिए ।

Facebook Comments Box