ओखलढुंगा, वैशााख १५ –
प्रदेश नम्बर १ मा स्थानीय तहको चुनाव दोस्रो चरणमा हुने भएपछि ओखलढुंगामा खटिएका निवार्चन अधिकृतहरु फिर्ता भएका छन् । सरकारले दोस्रो चरण अन्तर्गत जेठ ३१ गते चुनाव मिति घोषणा गरेसँगै जिल्लामा खटिएका निर्वाचन अधिकृतहरु फिर्ता भएका हुन् ।
ओखलढुंगाको एक नगरपालिकासहित सात गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत आफ्नो पुरानै कार्यक्षेत्र फर्किएका र जिल्लाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृत भने यथावत रहने जिल्ला निर्वाचन कार्यलय ओखलढुंगाले जनाएको छ ।
जिल्लामा मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिश उद्धवप्रसाद भट्टराई कार्यरत हुनुन्छ । निर्वाचन दोस्रो चरणमा हुने भएपछि मतदाताहरुलाई लक्षित गरी सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम समेत हाललाई स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अर्जुन राईले जानकारी दिनुभयो ।
राईले अहिलेका लागि स्थगित गरिएको कार्यक्रम जेठको ५ गतेबाट फेरि सुरु हुने बताउनुभयो । सरकारले १ नम्बर प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनाव घोषणा गरेसँगै ओखलढुंगाका गाउँमा चुनावी चहलपहल पनि सुस्ताएका छन् ।

Facebook Comments Box