धुर्वराज खनाल,कार्तिक २८ गते । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुका कारण पििडत भएका २५ घरपरिवारलाई राहत रकम प्रदान गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको मध्यवर्ती व्यवस्थापन समितिको कार्यालय मार्फत मंगलवार मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिमा वन्यजन्तुका कारण घरवार र वालीमा क्षती पुगेका परिवारलाई राहत रकम प्रदान गरिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्र्तगतका २३ र वुढीराप्ती उपभोक्ता समिति अन्र्तगतका २ जना गरि २५ जनालाई राहत प्रदान गरिएको थियो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले पीडित परिवारलाई राहत रकम प्रदान गरेका थिए । गत वर्ष वन्यजन्तुका कारण घर,पसल र अन्नवालीमा क्षती पुगेका ति परिवारलाई राहत स्वरुप रकम प्रदान गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष ढुंगानाले वताए । उनीहरुलाई १ लाख ८९ हजार ८५० रुपैया प्रदान गरिएको मध्यवर्ती व्यवस्थापन समितिको कार्यालयकी सचिव अम्विका ढुंगानाले जानकारी दिईन् । राहत रकम प्रदानका लागि चितवन राष्ट्रिय निकुञ्जका नायव सुव्बा विष्णु प्रसाद लामिछाने,रेन्जर उमेश पौडेल,चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको कार्यालयका सचिव अम्विका ढुंगाना सौराहा आएका थिए ।

Facebook Comments Box