कार्तिक २६ गते । रत्ननगरलाई केन्द्रित गरेको लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवारहरुले आईतवार रत्ननगर १४ मा घरदैलो गरेको छ भने खैरहनी नगरपालिका १२ र १३ मा लोकतान्त्रिक गठवन्धनको निर्वाचन परिचालन कार्यालय स्थापना गरी उद्घाटन गरिएको छ । लोकतान्त्रिक गठवन्धनबाट चितवन निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजेन्द्र वुर्लाकोटीले दुई वटा कार्यालयको उद्घाटन गरे । सो अवसरमा वोल्दै उम्मेदवार वुर्लाकोटीले निकुञ्जसंग सिमाना जोडिएका कुमरोज क्षेत्रमा वन्यजन्तुको आक्रमण भईरहेको भन्दै त्यसको नियन्त्रणका लागि आरसीसी वाल निर्माणमा आफ्नो ध्यान केन्द्रित रहने वताए । कार्यक्रममा चितवन क्षेत्र नम्वर १ ख का प्रदेश सभाका सदस्य उत्तम आचार्य,नेपाली काग्रेश चितवनकी प्रवक्ता निता ढकाल,क्षेत्रीय सभापतिहरु कुमार कार्की र राजु सिलवाल ,राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य रामहरी कडेंल लगायतले मन्तव्य व्यक्त गरेका थिए । आईतवारनै लोकतान्त्रिक गठवन्धनले रत्ननगर १४ मा घरदैलो कार्यक्रम गर्दै मतदातासंग भोट मागेका छन् ।

Facebook Comments Box