रत्ननगर १३, कार्तिक । हरिबोधनी एकादशीको अवसरमा यो वर्षपनि रत्ननगरको चित्रसारी मन्दिर परिसरमा एकादशी मेला लाग्ने भएको छ
। मेलाको सम्पूर्ण तयारी पुरा भएको व्यवस्थापन समितिले जनाएको छ । आयोजक का अनुसार चित्रसारी मन्दिर परिसरमा सोमवारदेखि मेला
लगाउन आउनेहरुको बाक्लो भीड छ । यो वर्ष मंगलवारदेखि दुईदिन सम्म मेला लाग्दैछ ।यो पटक मेलालाई थोरै व्यवस्थापन गर्ने प्रयास गरिएको छ । लताकपडा एवम् फेन्सीका सामग्री देखि बदाम लगायत खाद्यन्नका सामग्रीका स्टलहरु एकै लाईनमा राखिएका छन् । यस्तै खेलखेलाउनेहरुलाई पनि एउटै लाइनमा राखिएर व्यस्थित गर्ने प्रयास गरिएको छ । राउण्डवत्ती देखि विभिन्न खेलहरु विगतका वर्षहरुदेखि नै एकादशी मेलामा खेलाउने गरिएको छ ।  चित्रसारी मन्दिरको पारीपट्टीको मैदानमा पनि एकादशी सांगेतीक धमाका २०७४ आयोजना हुँदैछ । जे आर इभेन्टले आयोजना गर्न लागेको सांगीतिक धमाकामा गायक मिलन लामा, गायिका मिलन अमात्य,गायक मनोज महतो, कमलखत्री,सुरेश लामाको सांगेतीक प्रस्तुती रहनेछ । एकादशी मेला हेर्न आउने दर्शकलाई लक्षित गरेर आयोजना गर्न लागिएको सांगीतिक धमाका हेर्नका लागि प्रति व्यक्ति एक सय रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएको छ । आयोजकले मेलालाई व्यवस्थित र थप प्रभावकारी बनाउन सांगेतीक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।
बदाम, आइसक्रिम लगायतका स–साना स्टलहरु रहने गरेको मेलामा यो पटक थारु महिलाहरुले थारुहरुको परम्परागत खानपिन गर्न सकिनेगरी स्टलहरु तयार पारेका छन् । बुढी राप्ती नदीको किनार क्षेत्रमा स्टल राखेर, चिचिर, घुंगी, हाँसको मासु, माछा लगायतका परिकार खान सकिने व्यवस्था समेत छ ।

Facebook Comments Box