कार्तिक ५ गते । राप्ती नगरपालिकामा पहिलो पटक आयोजना गरिएको भण्डारा सास्कृतिक महोत्सव,कृषि,पर्यटन तथा औद्योगिक व्यापार मेलाका लागि निर्माण गरिएको स्वागत गेट अझै हटाईएको छैन् । मुख्य राजमार्गमा कुनै पनि मेला महोत्सवको स्वागत गेट राख्न नपाउने भएतापनि महोत्सव आयोजक भण्डारा वजार युवा समाजले पुर्वपश्चिम राजमार्ग अन्र्तगत खुरेखुरेमा गेट राखेको थियो । गेट राख्न नपाउने व्यवस्था भएपनि महोत्सव सकिएको एक साता वितिसक्दा पनि गेट हटाउन आयोजकले कुनै वास्ता गरेको छैन् । प्रसासनले जारी गरेको मेला महोत्सव सम्वन्धी निर्देशनमा कुनै पनि मुख्य राजमार्गमा गेट राख्न नपाउने र सहायक राजमार्गहरुमा राखेको गेट पनि महोत्सव सकिएलगत्तै आयोजकले हटाउनु पर्ने उल्लेख छ । तर प्रसासनको उक्त निर्देशनको अवमुल्यन गर्दै आयोजकले अटेर गरेर राखेको गेट अझै हटाएको छैन् । भण्डारा वजार युवा समाजको आयोजनामा असोज १९ गतेदेखी २९ गते सम्म महोत्सव संचालन भएको थियो । महोत्सव संचालन सुरु देखीनै विवादीत वन्दै आएको थियो । कर कार्यालयमा मेला महोत्सव दर्ता गर्नु पर्ने भएपनि आयोजकले त्यसो गरेको थिएन् । यो विषयको समाचार विभिन्न संचार माध्यमबाट प्रसारण र प्रकासित भएपछि कर कार्यालयले आयोजकलाई ताकेता गरेपछि आयोजक दर्ता गर्न वाध्य भएको थियो ।

Facebook Comments Box