२९ असोज,अधिकांश कलाकार आफ्नो गायनलाई अगाडी बढाउनका लागि  राजधानी नै ताक्छन् । तर कलाकार सरिता गुरुङ श्रेष्ठ आफ्नो कलाकारिता मोफसलमा बसेर नै अगाडी बढाउनुभएको छ । काठमाण्डौँ बसेर कलाकारिता गरेका कलाकारले बजारमा ल्याउने भन्दा कम छैनन् गुरुङका गीत । २०३० सालमा मंशिर १० गते बाग्लुङ जिल्लाको अमरभुमी गाविसमा जन्मनु भएकी गुरुङलाई सानै देखि गित गाउन रहर थियो । यही रहर मेटाउनको लागि २०६१ सालदेखी गायन क्षेत्रमा प्रबेश गरेकी सरिताले अहिले पनि निरन्तरता दिईरहनुभएको छ । नन्दप्रसार गुरुङ र आमा नरमायाँ गुरुङको कोखबाट जन्मेकी उहाँले बाग्लुङ भएको समयम गाउने त्यति अवसर पाउनुभएन् । सानैदेखि गीत लेख्ने र गुनगुनाउने बानी उहाँको थियो । उहाँले २०६१ सालको चितवन महोत्सवको स्टेज कार्यक्रममा गाउने अवसर पाउनुभयो । सो अवसरमा आँफैले रचना गरेको सिमल छायाँले बोलको गीत गाएर स्टेज तताउनु भएको थियो । त्यहाँ लोक दोहोरी प्रतियोगितामा समेत सहभागि बनेर उहाँले प्रथम स्थान समेत प्रस्तात गर्नुभयो । महोत्वमा प्रथम भएको उत्साह र सानैदेखि गीत गाउने बानी पर्नुभएकी गुरुङले २०६३ सालमा आफ्नो पहिलो एल्बम समेत निकाल्नु भयो । उहाँको पहिलो एल्वम लाई हालौँ परिती र सिमल छायाँल बोलको गित हो । त्यो समयमा उहाँको गित राम्रै चलेका थिए । गायन क्षेत्रलाई अगाडी बढाउने क्रममा गुरुङले २०६७ सालमा नाचमकी झै लाग्यो मादलुको तालमा बोलको तीज गीत आफ्नो दोस्रो एल्बमको रुपमा बजारमा ल्याउनुभयो । सो गीतले उहाँलाई राष्ट्रिय स्तरमा नै परिचित बनायो । त्यती बेला सो गीतले बजार तताएपछि उहाँले प्रत्येक वर्ष झै एउटा तीजको गीत बजारमा ल्याउदै आउनुभएको छ । उहाँको कसो गरम चमेली ,पानी पर्यो दरकेर, म माईत जान्छु, मलाई त कति मजा हो साथमा बरीलै, घन्कियो मादलु, साथमा आमाले दिएको सिरफुल, जस्ता तीज गित बजारमा आएका छन् । लोक गीत तर्फ छड्के नजर, सररहावा, डमडम गर्ने डमरु जस्ता गीत गुरुङले बजारमा ल्याउनु भएको छ । गुरुङले गीत मात्र बजारमा ल्याउनुभएको छैन । काठमाण्डौँका भिडियो कम्पनीलाई चितवन ल्यार समेत आफ्ना गीतको छायाँङकन गर्दै आउनुभएको छ । चितवनको चिनारीका लागि यहाँ ल्याएर म्युजिक भिडियो बनाउने गरेको उहाँको दावि छ । गुरुङलाई अहिले देश विदेशका स्टेज कार्यक्रम जानको लागि भ्याई नभ्याई छ । अहिले सम्म कतार, जापान, युके ,दुबई, लगायत देशका स्टेज कार्यक्रममा उहाँले आफ्ना गीतहरु प्रस्तुत गरिसक्नुभएको छ । उहाँले विभिन्न कार्यक्रमहरुमा सम्मान समेत प्राप्त गर्नुभएको छ ।

Facebook Comments Box