असोज २८ ।
संविधानसभाबाट रुपान्तरित संसद्को अन्तिम बैठक आज बस्दैछ ।आज(शनिबार) मध्यरातदेखि अवधि समाप्त हुने संसद्को शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिए पनि आजसबै दलका शीर्ष नेताले सम्बोधन गर्ने गरी बैठक बस्न लागेको हो ।
आजको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसद्मा रूपान्तरण गरिएको थियो ।
प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसद्को अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को अवधि आज मध्यरातदेखि सकिंदैछ ।
निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबारसम्मको समय तोकेको छ ।

Facebook Comments Box