धुर्वराज खनाल ,असोज २७ गते । गत साउनको अन्तिम साता गएको वाढीका कारण पीडित भएका खैरहनी नगरपालिका १० वडगाउँका तीन परिवारलाई शुक्रवार घर वनाउन निर्माण सामाग्री हस्तान्तरण गरिएको छ । समाजसेवी मुरलीप्रसाद गजुरेलको पहलमा विभिन्न दाताहरुबाट संकलन भएको रकमले निर्माण सामाग्री खरिद गरि उनीहरुलाई हस्तान्तरण गरिएको हो । वडगाउँमा बाढीका कारण पुर्ण रुपमा घरमा क्षती पुगेको फुलमाया तामाङ,आंशिक क्षती पुगको दलवहादुर वाईवा र सुकवहादुर परियारलाई घर निर्माणका लागि व्लक र सिमेन्ट सहयोग गरिएको हो । खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया,समाजसेवी गजुरेल र सहयोगी दाताका आफन्तहरुले उनीहरुलाई ति सामाग्री हस्तान्तरण गरेका थिए । बाढीले क्षती पुर्याएको मध्ये पूर्ण रुपमा घरमा क्षती हुँदा फुलमायाको परिवार अहिले पनि स्थानीय मन्दिरमा वास वस्दै आएका छन् । बाढी गएको दुई महिना वित्दा समेत मन्दिरकै वास भन्ने समाचार विभिन्न संचार माध्यममा प्रकासित र प्रसारण भएपछि स्थानीय समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत विदेश रहेका नेपालीहरुले सहयोग गरेका हुन् । पोखरा घर भई हाल वेलायतमा वस्दै आएकी यानुमाया गुरुङले २० हजार ,खैरहनी ६ घर भई हाल जापानमा रहेका देवेन्द्र सापकोटाले ५ हजार ,खैरहनी ८ घर भई हाल अष्टे«लियामा रहेका रमेश गजुरेल र अविनाश गजुरेलले १० हजार तथा काठमाडौ स्थित साई वचत तथा ऋण सहकारी संस्थाबाट नगद १५ हजार रुपैया प्राप्त भएको थियो । सोही रकमबाट व्लक र सिमेन्ट खरिद गरेर पीडितलाई प्रदान गरिएको हो । समाजसेवी गजुरेलको अध्यक्षता तथा सहयोगी दाता यानुमायाका आफन्त मोहन केसी,स्थानीय समाजसेवी नवराज उप्रेतीले मन्तव्य राखेको सो कार्यक्रममा वडाध्यक्षहरु कारीराम चौधरी,भुमि प्रसाद कडेंल,रामशरण पाण्डे,मनेजर चौधरी लगायत वडासदस्यहरुको सहभागीता रहेको थियो ।

Facebook Comments Box