रत्ननगर । पुर्वी चितवनको रत्ननगर बकुलहर चोकमा न्यु कालिका पुजा सामग्री पसल सञ्चालनमा आएको छ ।

विगत एक वर्ष अघि देखि सञ्चालित न्यु कालिका पुजा सामाग्री पसल नया व्यवस्थापनको साथ सञ्चालनमा आएको हो । युवा पण्डित ज्योतिष निर्मल पौडेलले नया व्यवस्थापनका साथ होलसेल पसल सञ्चालनमा ल्याएका हुन । जिल्लाको सदरमुकाम नारायणगढ बजार जानु पर्ने बाध्यताको अन्तय गर्दै रत्ननगरको बकुलहरबाट सेवा सुरु गरेको पौडेलले वताए ।

करिव २० लाखको लगानीमा पुजा सामाग्रीको होलसेल पसल सुरु गरिएको पौडेलले वताए । स्थानिय स्तरमा पुजा सामाग्रीको माग वढ्दै गएको भन्दै रत्ननगरमा नै पुजा सामाग्रीको होलसेल पसल विस्तार गरिएको उनले वताए ।

पुजा सामाग्री पसलमा सम्पुर्ण किसिमका पुजा सामग्रीहरु, विवाह, ब्रतबन्धका सामग्रीहरु ,भगवानका मुर्तीहरु, क्यालेन्डर, राशीफल, जनै, पराल चप्पल, रक्षाबन्धन धागो ,रुद्री पूजा, लक्ष्यबर्ती पूजा लगाएत जन्मोत्सव तथा हिन्दु बैदिक संस्कारका सम्पुर्ण सामाग्री एवं सम्पुर्ण गिफ्ट सामाग्रीहरु उपलब्ध रहेको सञ्चालक ज्योतिष निर्मल पौडेलले वताए ।

 

Facebook Comments Box