धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधबार विश्वासको मत लिँदैछन् । प्रदेशसभाको सातौँ अधिवेशन आजको लागि आह्वान गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार राउतले विश्वासको मत लिन लागेका हुन् । राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए ।

 

Facebook Comments Box