चितवन । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीले चितवनको रत्ननगरमा भएको एक कार्यक्रममा केपी ओली एजेण्डा बिहिन बनेको बताएकी छिन् । उनले आउदो चुनावमा बुर्का ओडेर भोट माग्न जानेत होला भन्दै व्याङग्य गरिन् । माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने उनले दावी गरेकी छन् ।

आईतबार रत्ननगर आयोजित नगर कमिटि घोषणा कार्यक्रममा बोल्दै उनीहरु फर्किने ठाउँनै नेकपा एकीकृत समाजवादी नै भएको जीकिर गरिन् । “अध्यक्ष ज्युले धेरै केही नभन्नुस, उहाँहरु फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ”, उनले भनिन, “म धेरै बोल्दिन, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिड्नुपर्ला ।” सचिव झाक्रिले  एमालेमै फर्केका नेताहरुलाई बुख्याचाको आरोप समेत लगाइन् । उनले एमाले अध्यक्ष ओलीलाई मालिक बनेको आरोप लगाइन् । उनले भने, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ ।” उनले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिइन् ।

आईतबार रत्ननगर आयोजित नगर कमिटि घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी रत्ननगरको अध्यक्षमा बद्रीनाथ घिमिरेको , उपाध्यक्षमा हरीकुमार श्रेष्ठ , एन्जिला कुँवर सचिब रामहरि अधिकारी, सह-सचिव इश्वरराज अधिकारी सहितको १०१ सदस्यीय नगर कमिटीको गठन गरेको छ । भने जिल्ला ईन्चार्ज तथा बाग्मति प्रदेश सांसद कृष्ण खनालले नव नियुक्त समितिलाई सपथ ग्रहण गराउनु भएको थियो ।

=====भिडियो अपलोड हुदैछ ———-

Facebook Comments Box