रत्ननगर । रत्ननगर नगरपालिकाले नगर भित्रका ज्येष्ठ नागरिकको शुक्रवार स्वास्थ्य परीक्षण गरेको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा पारेर ६० बर्ष माथीका करिब ६० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन ।

उनीहरुको उच्चरक्तचाप र मधुमेहको परीक्षण गरी स्वास्थ्य सम्बन्धी सुझाब समेत दिइएको छ । कार्यक्रममा महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले विर्सने रोग र त्यसले पार्ने असरका वारेमा सहजीकरण गरेका थिए ।

सामाजिक विकास समितिका संयोजक केशब आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, नगर स्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ,सचिव सुर्यनाथ न्यौपान, वडास्तरीय ज्येष्ठ नागरिक समितिका संयोजक छविलाल घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महिला विकास निरीक्षक रन्जना पौडेल,सहायक महिला विकास अधिकृत जयन्ती रानाभाटले सहजीकरण गरेका थिए ।

Facebook Comments Box