चितवन । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी) रत्ननगर नगर कमिटिले आफ्नो संघर्षका कार्यक्रम फिर्ता लिएको छ । अखिल (क्रान्तिकारी) र रत्ननगर प्याब्सन विच दुई बुदे सहमति भएको छ ।

रत्ननगर प्याब्सन र क्रान्तिकारी बिच शुक्रबार सहमति भए संगै तत्कालको लागि संघर्षका कार्यक्रम फिर्ता लिगेको क्रान्तिकारीका अध्यक्ष चोक बहादुर गुरुङ्ग चोकेले वताए ।

रत्ननगर भित्रका निजी विधालयहरुले लकडाउनको समयको विभिन्न वहाना वनाई अभिभावक संग चर्को शुल्क लिगेको भन्दै अखिल क्रान्तिकारीले विरोध गरेको थियो ।

क्रान्तिकारी र प्याब्सन विच लकडाउनको समयमा कायम शुल्कको ६० प्रतिशत मात्र लिने र वढी लिगेको शुल्क अर्को महिनामा मिलान गर्ने, विधालयको लेखा र प्रशाशनमा लगायको ताला खोल्ने सहमति भएको छ ।

अखिल क्रान्तिकारी र प्याब्सन विच भएको सहमति पत्रमा क्रान्तिकारीको तर्फबाट रत्ननगर फ्याक्सन ईन्चार्ज दयाराम पौडेल , नगर अध्यक्ष गुरुङ्ग रहनु भएको थियो । भने प्याव्सनको तर्फवाट नगर अध्यक्ष पशुपति पौडेल ,मदन पुरी र गोविन्द प्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको छ । यस अघि चर्को शुल्क लिगेको भन्दै क्रान्तिकारीले रत्ननगरका केहि विधालयमा तालावन्दि गरेको थियो ।

Facebook Comments Box