आज विश्व रेविज विरुद्धको दिवश l देश तथा विदेशभर आज यो दिवस मनाँइदै छ l कुनै पनि जनावरले टोक्दैमा मात्र रेविज हुदैन l संक्रमित जनावरलको टोकाईबाट मात्र यो रोग लाग्दछ ।

आज २८ सेप्टम्बरका दिन संसार भरिननै विश्व रेविज बिरुद दिवस मनाउने गरिन्छ l नेपालमा पनि  “तथ्य बुझौ, त्रसित नहोऔ”  भन्ने नाराका साथ जनचेतनामुलक कार्यक्रमहरु ठाउँ ठाउँमा हुदै आएका छन् l सबै जनावरले टोक्दैमा रेविज लाग्दैन l रेविज लागेका कुनै पनि जनावर जस्तै कुकुर, बिराला, स्याल, बाँदर, चमेराहरुको  टोकाईले मात्र मानिसमा रेविजका किटाणु सर्न सक्दछ l  संक्रमित कुकुरको टोकाईबाट मानिसमा रेविज सर्न सक्ने सम्भावना ९९% सम्म हुन सक्छ भने अरु जनावर जस्तै बिरालो, बाँदर, स्याल,फ्याउरो तथा चमेरा आदिको टोकाईले रेविज सर्न सक्ने सम्भावना धेरै न्यून हुने गर्छ l यो रेविज भाइरस संक्रमित जनावरको र्‍यालमा हुने गर्दछ र त्यही र्‍यालको माध्यमबाट टोकाई पछि अरु जनावर अथवा मानिसहरुमा सर्ने गर्दछ l

विगतका केही तथ्यांक हेर्ने हो भने रेविज रोगले संक्रमितको मृत्युदर निकै उच्च छ l विश्वको  तथ्याङ्कका अनुसार बार्षिक रेविज रोगले संक्रमित भई मृत्यु हुने मानिसको संख्या ५९,००० रहेको छ भने नेपालमा मात्रै लगभग १०० जनाको मृत्यु हुने गरेको छ l  आर्थिक बर्ष २०७४/२०७५ को तथ्यांक हेर्दा २८,५१४ जनावरको टोकाईसंग सम्त्रन्धित घटना दर्ता भएको देखिन्छ l यस मध्ये २६,३१२ जना मानिसलाई संक्रमित कुकुरले टोकेको घटना  मात्र दर्ता भएका हुन् l  यसैलाई मध्यनजर गर्दै  विश्व स्वास्थ्य संगठनले २०३० सम्ममा रेविजबाट मानिसको मृत्यु हुनेको संख्या शून्य बनाउने लक्ष्यका साथ् विश्व भरि विभिन्न कार्यक्रम गर्दै आईरहेको छ l

 

आउनुहोस रेविज भनेको के हो ? यो कसरी सर्न सक्छ ? यदि कुनै पनि जनावरले टोकी हाले के गर्ने के नगर्ने छोटकरीमा जानी राखौ l

रेविज एक प्रकारको भाइरल रोग हो र संभवतः कुनै पनि जनावरको टोकाईबाट सर्न सक्दछ l यस भाइरसले सिधै केन्द्रिय स्नायु प्रणालीमा गएर असर गर्ने हुनाले यदि कोही संक्रमित भईहालेमा मृत्यु हुने सम्भावना निकै उच्च हुने गर्दछ l

 

 

यसको रोकथामका उपायहरु :

घरपालुवा जनावरलाई रोग लाग्न नदिन मानिसमा रेविज संक्रमण हुन नदिन
·         घरपालुवा जनावरहरु जस्तै कुकुरहरुलाई नियमित रुपमा  रेविज बिरुद्धको सुई लगाउनु पर्छ l

·         आफ्ना घरपालुवा जनावरहरुलाई खुल्ला छोडिएका जनावरको सम्पर्कमा आउन दिनु हुदैन l

·         बेला बेलामा आफूले पालेका जनावरलाई नजिकैको भेटेरिनरीमा लगेर नियमित स्वास्थको जाँच गरी राख्नु  पर्ने हुन्छ l

·         जंगली जनावरहरुबाट टाढा नै रहने गर्नु पर्छ l

·         घरबाट बाहिर निस्कने बेला शरीरको तल्लो भागमा सबै शरीर ढाकिने गरि कपडा लगाएर हिड्ने गर्नुपर्छ यसो गर्नाले टोकी हालेपनि संक्रमण हुने सम्भावना कम हुन आउँछ l

·         टोकी हालेको खण्डमा छिटो भन्दा छिटो  टोकेको ठाउँहरुमा सफा पानी र साबुनको प्रयोग गरी ५/१० मिनेटसम्म पखाल्नु पदर्छ  र नजिककै स्वास्थ्य सँस्थामा तुरुन्त उपचारका लागि लैजानु पर्छ l

 

उपचारका क्रममा बिरामीलाई स्वास्थ्यकर्मीले टोकेको घाउको प्रकृति हेरी रेविज बिरुद्धको खोप अथवा रेबिज इम्युनोग्लोबुलिन दिने गरिन्छ l त्यसैले यस्तो रोगबाट आफू र आफ्ना परिवारलाई जोगाउन टोल टोलमा जनचेतनामूलक कार्यक्रम तथा सडकमा जथाभावी चहार्ने जनावरहरुको उचित व्यवस्थापन  आफ्नो नगरपालिका र यसै सम्बन्धी कार्य गर्न खोलिएका सस्थाहरू मार्फत समन्वय गरी कार्य गर्ने हो कि ?अन्यथा रेविज रोग सम्बन्धि औपचारिक दिवश मनाउनुको कुनै अर्थ हुनेछैन ।

विजय राज चापागाईं

फार्मेसी अधिकृत (G४७०५)

स्वास्थ्य सेवा विभाग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

 

Facebook Comments Box