आज पर्न गएको “विश्व फार्मेशी दिवस” का अवसरमा देश तथा विदेशमा रहेर फार्मेशी सेवामा आबद्ध हुनु भएका सम्पूर्ण फार्मेशी पेशाकर्मीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु l साथै विश्वको जुनसुकै कुनामा रहेपनि आफ्नो पेशामा आफुले दिन सक्ने देन दिनु हुन आनुरोध गर्दै सोयम आफुलाई र आफ्नो पेशालाई पनि माया गर्नुहोस भन्न चाहन्छु l
फार्मेशी क्षेत्र आफैमा भेग छ अर्थात् ठुलो छ l फार्मेशी भन्नाले औषधिको आविस्कार , औषधिको तयारी र वितरणलाई जनाउछ l यसका विभन्न क्षेत्र छन् जस्तै
१. आविस्कार क्षेत्र
२. औषधि उत्पादन क्षेत्र
३. बिक्रि वितरण तथा निकासा पैठारी क्षेत्र
४. अस्पताल फार्मेशी क्षेत्र
५. सामुदायिक फार्मेशी क्षेत्र
यी लगाएत विभन्न क्षेत्रहरु रहेका छन् l सबै क्षेत्रका आआफ्ना चुनौती र अवसरहरु छन् l यदि माथि उल्लेखित बुदागत क्षेत्रहरुमा राम्रो सुधार ल्याउन सकियो भने साचै नै फार्मेशी क्षेत्रमा ठुलो फड्को मर्न सकिने छ l यसका लागि सबै फार्मेशी पेसाकर्मीहरु एक भइ अघि बढ्न जरुरी छ l र यो सम्भब पनि छ l

सबै क्षेत्रको चुनौती र अबसरको बारेमा बोल्न लेख्ने सम्भव नभएपनि विभागको आस्पताल शाखामा कार्यरत रही केहि अनुभव भएको हुनाले केहि लेख्ने प्रयास गरेको छु l त्यसैले आउनुहोस अस्पताल क्षेत्रमा अस्पताल फर्मेशीका चुनौती र अवसरका बारेमा चर्चा गरौ l

हिजोको दिनसम्म धेरै सरकारी, सामुदायिक स्वास्थ्य संस्थाहरुले फार्मेशी क्षेत्रलाई सौतानी व्यवहार देखाए तर एउटा अस्पतालमा आकस्मिक कक्षको जति महत्वपूर्ण भूमिका हुन्छ त्यस्तै अस्पताल फार्मेसीको पनि भूमिका हुन्छ भन्ने कुरा म फेरी सम्झाउन चाहन्छु l स्वास्थ्य क्षेत्र नाफा मुलक भन्दापनि सेवामुखी हुनुपर्छ, चाहे त्यो सरकारी हुन् या निजी अस्पताल l र सबै निजी, सरकारी अस्पतालमा आआफ्नै फार्मेशी हुनु पर्छ l त्यति भएर मात्र हुदैन त्यी फार्मेशीहरुले सर्ब सुलाभ तरिकाले सबै नागरिकलाई सेवा दिनुपर्छ l

केहि उदारणहरु हेर्न हो भने, दुख लाग्दा पलहरु छन् l बिरामीलाई शल्यचिकित्सक कक्षमा लगेर एउटा कागजको टुक्रोमा औषधिका नाम लेखि दिएको कागज बोकी घन्टौ बिरामीका आफन्त कुद्नु पर्ने पिडा अहिले पनि देख्न पाहिन्छ l अनि त्यो बिरामीको आफन्त डाक्टरले लेखेको पुर्जा पनि राम्रो संग पढ्न नजान्ने, ७०० रुपियाको औषधिलाई १९५० हालेर ल्याउन पर्ने बाध्यता छ l यस्ता बिचौलियाहरुले फार्मेशी क्षेत्रलाई कमाई खाने भाडो बनाएका छन् l त्यसैले त अस्पतालको आफ्नै अस्पताल फार्मेशी आवश्यक छ l र म आशाबादी छु l अब देश भरिका सबै अस्पतालहरुले फार्मेशी संचालन गर्ने छन् र जनतालाई केहि भए पनि राहत हुने छ l

इतिहासलाई बिगतका केहि वर्षा संग तुलना गर्ने हो भने पनि केहि सुधार भने हुदै आएकै छ l अस्पताल फार्मेशी सेवा निर्देशिका २०७२ को आगमनलेत झनै सबै अस्पताललाई फार्मेशी संचालनका लागि निर्देशन दिएको छ l कतिमा त संचालनमा आएको छ भने कति प्रक्रियामा छन् l साथै फार्मेशी संचालनका लागि अस्पतालहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विउ रकम पनि उपलव्ध गराउदै आएको छ l

यसैगरी अस्पताल फार्मेसी सेवा संचालन तथा सुधारका लागि मन्त्रालय, बिभागले अझै बिस्तृत कार्ययोजना निर्माण गर्दै आघि बढ्ने हो भने सबै अस्पतालहरु आफ्नै फार्मेशी सेवा संचालनमा ल्याउन छिटै नै सफल हुनेछन् l त्यसै गरी नेपाल सरकारले सेवा विस्तार गराएर मात्र हुदैन, त्यस्ता अस्पताल फार्मेशीलाई स्थापना पछि संचालनका लागि जनशक्तिको व्यवस्था साथै बेला बेलामा अभिमुखीकरण, तालिम अनुगमन, निरिक्षण जस्ता कार्यहरु गरी सेवालाई अझ दुरुस्त पर्नु पर्ने हुन्छ l यसरि सबै अस्पतालमा फार्मेशी संचालन गर्दा धेरै भन्दा धेरै मात्रामा जनशक्ति माग भइ फार्मेशी सहयक तथा फार्मेशी अधिकृत पदमा दरबन्दीको लागि अवसरहरु पनि हुनेछ lधन्यबाद l

विजय राज चापागाई
फार्मेशी अधिकृत (G ४७०५ )
स्वास्थ्य सेवा बिभाग,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Facebook Comments Box