रत्ननगर । नेपाली काँग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधवार रत्ननगर १ निपनिमा रहेको होटल स्टार ब्यान्कुइटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सापकोटाले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते हुने नगर अधिबेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

सापकोटाले नगर सभापतिमा विजयी भए पछि स्थानीय निर्बाचनमा कुनै पनि पदमा उम्मेदवारी  नदिने घोषणा समेत गरेका छन । उनले अघिल्लो स्थानिय निर्वाचनमा रत्ननगरमा कांग्रेस बलियो बन्न नसक्दा हार बेहोरेको वताउदै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्ने गरि सिङ्गो पार्टी एक बनाउन अभियान लाग्ने बताए ।

उनको प्यानलबाट उप सभापतिमा केदारमान बाइवा र शिवकान्त पौडेल, सचिवमा तिर्थराज सुवेदी र विरेन्द्र महतो, सह–सचिवमा अमृत मल्ल र गोबिन्द भट्टराईको उमेदवारी रहेको छ ।

Facebook Comments Box