चितवन । चितवनको रत्ननगर नगरपालिकाको गाडी दुरुपयोग भएको भिडियो मंगलबार रातिदेखि सामाजिक सञ्जालमा भाईरल भएको छ ।

रत्ननगर नगरपालिकाको सेतो नम्वर प्लेटको बा २ झ १२१७ नम्बरको गाडी भित्र मदिराको वोत्तल सहित छिमेकी नगरपालिका खैरहनी नगरपालिकाको ज्यामिरेमा स्थानिय युवाहरुले नियन्त्रणमा लिगेर तयार पारेको भिडियो सामाग्री यति वेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा चालक र एक जना नगर प्रहरि देख्न सकिन्छ । भने चालक मदिराको तालमा भएको जस्तो देखिन्छ । गाडी भित्र मदिराको बोत्तल समेत प्रस्ट देखिएको छ ।

यता रत्ननगर नगरपालिकाले भने यसको खण्डन गरेको छ । रत्ननगर नगरपालिकाले नदीजन्य पर्दाथको अबैध चोरी निकासी नियन्त्रणमा खटिएका रत्ननगरका नगर प्रहरी र उनीहरुले प्रयोग गरेको गाडी नियन्त्रणमा लिएर गाडी भित्र नियतबस मदिराको बोत्तल राखेर,चालकमाथी रक्सी छर्केर भिडियो बनाई समाजिक सञ्जालमा पोष्ट गरि भ्रम फैलाउने काम भएको जनाएको छ ।

उक्त घटना प्रति नगरपालिकाको ध्यानकर्षण भएको जनाउदै डियुटीमा खटिएका कर्मचारीमाथी अभद्र व्यवहार गरि नगरपालिकाको बदनाम गराउने गलत मानसिकताका कारण अराजकहरुको समुहले उक्त घटना घटाएको नगरपालिकाले वताएको छ ।

 

Facebook Comments Box