चितवन । इच्छाकामनाको घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाउने काम सुरु भएको र बाटो खुल्नलाई ३/४ घण्टा समय लाग्ने भएकाले उक्त बाटो प्रयोग हिड्ने सवारी साधन तथा मानुभावहरु बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अनुरोध गरेको छ ।

फोटो : ट्राफिक प्रहरी कार्यालय चितवनको फेसवुक पेजबाट

 

Facebook Comments Box