चितवन । बकुलहर रत्ननगर अस्पतालमा पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट उद्घाटन गरिएको छ ।

मंगलबार बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट उद्घाटन गरेकी हुन्। । सो अवसरमा उनले प्रदेशभित्रका सरकारी अस्पतालमा स्वास्थ्य उपकरण अभाव हुन नदिने बताइन्। ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेश सरकारले पिसीआर प्रयोगशाला र अक्सिजन प्लान्ट प्रदान गरेको हो।

कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदी, रत्ननगरका मेयर नारायण वन, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, अस्पतालका पूर्वअध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ, अस्पतालका मेसु डा.विश्वबन्धु बगाले लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box