काठमाडौं । आजदेखि विभिन्न जिल्लामा ११ दिनसम्म कोरोना भाइरसविरूद्धको खोप भेरोसेलको पहिलो डोज लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जारी गरेको सुचनामा ११ दिनसम्म खोप लगाउन लागिएको जनाएको छ । आज सोमबार बाट असोज १४ गतेसम्म खोप लगाइनेछ । त्यस्तै, कात्तिक ४ देखि १४ गतेसम्म भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाउने भएको छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप पाउनेछन ।

 

Facebook Comments Box