रत्ननगर । एटुजेड मोबाईल हाउसको उत्सवको बहारमा उपहारै उपहार योजना अन्तर्गतका बिजेताहरुलाई शनिबार पुरस्कार हस्तान्तरण गरिएको छ ।

रत्ननगरको टाँडीचोकमा रहेको एटुजेड मोबाईल हाउस तेस्रो शाखावाट मोवाइल खरिद , मर्मत ,घडी खरिद लगायता विभिन्न उपहार योजना अन्तर्गतका बिजेताहरुलाई एक समारोहाका विच पुरस्कार हस्तान्तरण गरिएको होे ।

उपहार योजना अन्तर्गत बम्पर उपहार रत्ननगर ९ वेलटाडी निवासी देवी पौडेलले एमहाको फ्यासिनो स्कुटर जित्नु भएको छ । भने ,मोवाईल मर्मत उपहार योजना अन्तर्गत रत्ननगर १४ निवासी प्रज्जवल दहालले स्माट टिभि र रत्ननगर १३ निवासी नवराज न्यौपानेले सुनको सिक्का जित्न सफल हुनुभएको छ ।

त्यस्तै एसेशोरिज उपहार अन्तर्गत कालिका नगरपालिका २ पदमपुर निवासी विस राम महतोले सुनको सिक्का जित्न सफल हुनुभएको थियो । भने घडी खरिद उपहार योजना अन्तर्गत रत्ननगर १० निवासी दिल कुमारी पौडेलले स्मार्टफोन जित्नु भएको छ ।

पुरस्कार तेस्रो शाखाकी म्यानेजर सुजिना थापा मगर र रत्ननगर २ का वडाध्यक्ष तिलक राज शर्माले संयुक्त रुपमा विजेताहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका शर्माले ए टु जेड मोबाईल हाउसले गुणस्तरीय सेवा संगै समाजिक क्षेत्रमा पुुराएको योगदानको चर्चा गर्नु भएको थियो ।

२० जनाद्धारा रक्तदान
एटुजेड मोबाईल हाउसको तेस्रो शोरुम रत्ननगर टाँडीमा शनिवार रक्तदान सम्पन्न भएको छ ।

२ महिला सहित २० जनाले रक्तदान गरेको शाखाकी म्यानेजर सुजिना थापा मगरले वताइन । एटुजेड मोबाईल हाउस विभिन्न समयमा सामाजिक कार्य सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box