मेष – अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । दिन सामान्य नै छ ।आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

वृष–कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ । पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

मिथुन– अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् ।

कर्कट–बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ ।

सिंह–कमजोरीले चिन्ता बधाउन सक्छ। ९छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।

कन्या–गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् ।

तुला– पुरानो गतिले पनि काम बिग्रन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ ।

वृश्चिक–परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ । रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ।

धनु–विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन् । अन्नलाभ पनि हुने देखिन्छ ।

मकर–दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।

कुम्भ–परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ ।

मीन– जिम्मेवारी भने बढिरहनेछन् । ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि कमजोर बन्न सक्छ । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ ।

Facebook Comments Box