रत्ननगर । रत्ननगरको पेवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १० औं बार्षिकोत्वसवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार सम्पन्न कार्यक्रममा १२ जना महिला सहित ५७ जनाले रक्तदान गरेका छन । पछिल्लो समय समस्याको रुपमा देखिएको रगत अभाव न्युनिकरणका लागि संस्थाको समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक शान्तामणी अधिकारी जानकारी दिनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटि चितवनका सभापति ज्ञानशाली न्यौपानेले हरेक १८ बर्ष नाघेका र ६० बर्ष नकटेका ब्यक्तिले रगत दान गर्न मिल्ने बताउदै खेर जाने रगतलाई कसैको जीवनका लागि दान गर्न जोड दिए । उनले समाजिक संघ संस्थाहरुको समाजिक उत्तरदायित्वस्वरुप यस्ता कार्यक्रम गर्नु प्रशंसानीय रहेको बताए ।

कार्यक्रममा रत्ननगर २का वडाध्यक्ष तिलका राज शर्मा, रत्ननगर नगरपालिका सहकारी शाखा प्रमुख ग्रिशर्मा शर्मा, इलाका प्रहरी कार्यलय रत्ननगरका प्रमुख इन्द्र वहादुर राना, जुनियर युवा जिल्ला सदस्य एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका प्रशिक्षक विकास पुरी,नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरका सभापति गोविन्द श्रेष्ठ , बचतका सल्लाहाकार दोय दुर्गा प्रसाद पौडेल, गजेन्द्र अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरका सदस्य दिपक गिरी , बचतका व्यवस्थापक किशोर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box