रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।
रत्ननगरको पुर्व पश्चिम राजमार्गको पश्चिम तर्फ टिकौली चोकदेखि पुर्वी सीमाना तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

सिसी क्यामेरा जडान गर्न रत्ननगर नगरपालिकाले १४ ओटा र अन्य व्यवसायीको सहयोगमा ८ ओटा सिसी २२ थान क्यामेरा जडान गरिएको छ ।

रत्ननगरका प्रमुख वजार साथै भीडभाड हुने, दुर्घटना बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको सिसी क्यामेराको औपचारिक शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले वताए । नगर क्षेत्रमा रु २३ लाख ५० हजारको लागतमा २२ थान सिसि म्यामेरा जडान गरिएका छ ।

सिसी क्यामेराको औपचारिक शुभारम्भ कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिमला दुवाडी , जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख इन्द्र बहादुर राना लगायतले वोल्नु भएको थियो ।

Facebook Comments Box